
पर्सा, असार १९ – नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित चिल्ड्रेन माविमा भोजपुरी संस्कृति विषयक वक्तृत्वकला, मौलिक गीत तथा भोजपुरी शब्दकला प्रतियोगिता सम्पन्न भएको छ। समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मौलिक गीततर्फ कक्षा ७ का सुशान्त मण्डल र वक्तृत्वकलातर्फ कक्षा ८ की स्नेहा साह प्रथम भएका छन्।

स्थानीय कलाकार अजमतअलि अंसारीका अनुसार प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेपाल भोजपुरी समाजका सल्लाहकार मनोज कुमार मिश्रले भोजपुरी शब्दकला प्रतियोगितामा अधिकांश विद्यार्थी सहभागी भएको जानकारी दिए।

चिल्ड्रेन माविका सञ्चालक तथा प्रधानाध्यापक सुमन दास र सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए। कार्यक्रममा ध्रुवसिंह ठकुरी र अजमतअलि अंसारीको भोजपुरी गीत प्रस्तुतीले विद्यार्थीहरूलाई विशेष रूपमा उत्साहित बनाएको थियो।






Discussion about this post