विद्यालयमा पठनपाठनका लागि उपलब्ध दिन घट्दै गएको विषयले शिक्षा क्षेत्रभित्र गम्भीर बहस सुरु भएको छ।
दुई दिने साप्ताहिक बिदासहित विभिन्न सार्वजनिक तथा मौसमी बिदाका कारण अध्ययन अवधि खुम्चिँदै गएको सरोकारवालाहरूको भनाइ छ।
वार्षिक ३६५ दिनमध्ये शनिबार–आइतबार, सार्वजनिक बिदा, हिउँदे तथा वर्षे बिदा, स्थानीय बिदा लगायत जोड्दा ठूलो हिस्सा विद्यालय बन्द हुने देखिन्छ। यसबाट विद्यालय सञ्चालन हुने दिन घटेर करिब १५२ दिनमा सीमित हुने अनुमान गरिएको छ।
त्यसमध्ये पनि भर्ना, परीक्षा, नतिजा तयारी तथा अन्य शैक्षिक क्रियाकलापमा समय खर्चिँदा वास्तविक कक्षाकोठामा हुने पठनपाठन करिब ९८ दिनमै सीमित हुने अवस्था देखिएको छ।
शिक्षाविद्हरूले पाठ्यक्रम २०५ दिनका लागि तय गरिएको अवस्थामा छोटो अवधिमा पाठ्यक्रम सम्पन्न गर्न कठिन हुने र यसले विद्यार्थीको सिकाइमा असर पर्ने बताएका छन्।
यसप्रति सम्बन्धित निकायले ध्यान दिँदै अध्ययन अवधि व्यवस्थापनका लागि दीर्घकालीन समाधान आवश्यक रहेको सरोकारवालाहरूको जोड छ।








Discussion about this post