• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, May 30, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम

"स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल" -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ बैशाख ३१ गते बिहीबार
A A
“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम
26
SHARES
185
VIEWS

मधेश प्रदेशकै राजधानी जनकपुरमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अध्ययनरत विद्यार्थीहरू चरम अव्यवस्था, लापरवाही र आधारभूत सुविधाको अभावविरुद्ध आक्रोशित बनेका छन्। विद्यार्थीहरूले शैक्षिक तथा भौतिक पूर्वाधार सुधारको माग गर्दै प्रशासनसमक्ष १९ बुँदे संयुक्त निवेदन बुझाएका छन्।


विद्यार्थीहरूको आरोप अनुसार प्रतिष्ठानमा सामान्य शैक्षिक वातावरणसमेत सुनिश्चित हुन सकेको छैन। कक्षाकोठामा पर्याप्त व्यवस्थापन छैन, प्रोजेक्टर तथा इन्टरनेट सेवा प्रभावकारी छैन, स्वच्छ खानेपानीको अभाव छ भने पुस्तकालय व्यवस्थापन पनि अस्तव्यस्त रहेको गुनासो गरिएको छ। शौचालय सरसफाइ कमजोर रहेको, छात्राहरूका लागि सेनिटरी प्याडको व्यवस्था नभएको, गर्मी मौसममा एसी नचल्ने तथा फर्स्ट एड सेवा प्रभावकारी नरहेको विषय पनि निवेदनमा उल्लेख गरिएको छ।

यति मात्र होइन, यातायात सुविधा र चमेना गृहजस्ता आधारभूत आवश्यकतासमेत व्यवस्थित नभएको भन्दै विद्यार्थीहरूले संस्थाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन्। Practical कक्षा तथा Field Exposure नियमित रूपमा सञ्चालन नभएको, परीक्षा समयमा नहुने र नतिजा प्रकाशनमा अत्यधिक ढिलाइ हुने गरेको आरोपसमेत विद्यार्थीहरूको छ।

विद्यार्थीहरूले पटक–पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि प्रशासन मौन बसेको आरोप लगाएका छन्। “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको जनशक्ति उत्पादन गर्ने संस्था स्वयं अव्यवस्थित हुनु लाजमर्दो अवस्था हो,” भन्दै विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन्।

विद्यार्थीहरूको चेतावनी छ— यदि तत्काल समस्या समाधानतर्फ प्रशासन गम्भीर नभए थप सशक्त आन्दोलन, तालाबन्दी तथा सडक संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछन्। अहिलेको अवस्था हेर्दा प्रतिष्ठानभित्रको अव्यवस्था केवल शैक्षिक समस्या मात्र नभई विद्यार्थीहरूको मानसिक स्वास्थ्य र भविष्यसँग खेलबाड भएको टिप्पणीसमेत हुन थालेको छ।

सम्बन्धित समाचार

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

९८ दिनमै पढाइ, बाँकी समय बिदै बिदा: शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

देशभर एसईई सुरु, पर्साका १० हजारभन्दा बढी विद्यार्थी परीक्षामा

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त
मुख्य समाचार

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी

हरि खेतान क्याम्पस विवाद अन्त्यतर्फ अग्रसर , परीक्षा र पढाइ पुनः सुरु गर्ने सहमति
मुख्य समाचार

हरि खेतान क्याम्पस विवाद अन्त्यतर्फ अग्रसर , परीक्षा र पढाइ पुनः सुरु गर्ने सहमति

हरि खेतान क्याम्पसमा परीक्षा स्थगित भएपछि आन्दोलन, प्रशासनमा वार्ता जारी
मुख्य समाचार

हरि खेतान क्याम्पसमा परीक्षा स्थगित भएपछि आन्दोलन, प्रशासनमा वार्ता जारी

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In