गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनपछि मन्त्रीमा नपरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कुँवरले सभामुखसमक्ष राजीनामा बुझाउँदै वैशाख २ गतेदेखि लागू हुने बताएका छन्।
उनले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै अपेक्षा पूरा गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्। साथै, पदमा नरहे पनि जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।








Discussion about this post