पर्साको परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ बजे वीरगंज–२२ परवानीपुरमा एकै दिशाबाट गइरहेको ना ४१ प १६६१ नम्बरको मोटरसाइकललाई बी.आर ०६ जिडी ४९११ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार मुर्ति देवी साहको मृत्यु भएको छ भने उनका श्रीमान राजेन्द्रलाल साह गम्भीर घाइते भएका छन्।
घाइतेलाई थप उपचारका लागि काठमाण्डौस्थित बीएनबी हस्पिटल पठाइएको छ। घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले बिहान करिब ७ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गर्दै चक्काजाम गरेका थिए।
स्थानीय प्रशासनले राहत तथा घाइतेको उपचार सुनिश्चित गर्ने आश्वासन दिएपछि प्रदर्शन फिर्ता लिइएको हो।
प्रहरीले ट्रक चालक भारत बिहार बेतियाका २२ वर्षीय नितेश पासवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।








Discussion about this post