वीरगंज, ५ चैत्र –
गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रण र भन्सार प्रणाली सुधारका विषयमा मधेस र लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
छलफलमा सांसदहरूले भन्सार प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै भन्सार दर पुनरावलोकन, सीमामा निगरानी र अनुगमन संयन्त्र सुदृढीकरण गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सरल बनाउनुपर्ने तथा सीमावर्ती नागरिकका लागि दैनिक उपभोग्य वस्तु आयातमा निश्चित भन्सार छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन्।
मधेस प्रदेशका जनप्रतिनिधिहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलपछि गृहमन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित विषय कार्यान्वयन गरिने र अर्थ मन्त्रालयसँग समन्वय गरेर अन्य विषयमा समाधान खोजिने बताएका छन्।








Discussion about this post