वीरगञ्जको मुख्य सडक क्षेत्रमा आजदेखि अतिक्रमण हटाउन डोजर अभियान सुरु गरिएको छ।
सडक विस्तार तथा व्यवस्थापनका लागि थालिएको अभियानअन्तर्गत सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने संरचना हटाइने जनाइएको छ। मितेरी पुलदेखि गण्डक चोकसम्मको क्षेत्रमा रहेका घर, पसल तथा अन्य संरचना हटाउन महानगरपालिका र सुरक्षा निकायले संयुक्त रूपमा अभियान अघि बढाएका छन्।
अभियानलाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।
यता, सडक डिभिजन कार्यालयले पनि त्रिभुवन राजपथ अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सीमांकन र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको छ। सो क्षेत्रमा रहेका संरचना तत्काल हटाउन निर्देशन दिइएको छ।
स्थानीयलाई घर खाली गर्न, सम्पत्ति सुरक्षित रूपमा सार्न तथा होटल–लज सञ्चालकलाई पाहुना नराख्न अनुरोध गरिएको छ।
अभियानले सडक व्यवस्थापन सुधार हुने र यातायात सहज हुने अपेक्षा गरिएको छ।








Discussion about this post