रोल्पा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार चैत २९ गते राति करिब ८:३० बजे रोल्पा नगरपालिका–९ ह्वामास्थित भित्री सडकमा गुडिरहेको लु ३ त ३१४७ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा खटिएको टोलीले राति नै घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।
दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका–७ दोरेणीका ३४ वर्षीय श्याम डाँगी र सह–चालक रोल्पा नगरपालिका–६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था नाजुक रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रोल्पा अस्पताल पुर्याइएपछि थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल रिफर गरिएको छ।
दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post