पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकिएको थियो।
ओली र लेखकलाई पक्राउ गर्नुको आधार गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन हो। प्रतिवेदनअनुसार गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन दमनको विषयमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसहित अन्य जिम्मेवारमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।
पक्राउको लागि गृह मन्त्रालयले लिखित आदेश दिएपछि गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना प्रहरी प्रधान कार्यालय पुगेका थिए।
उपत्यकामा सुरक्षा कडा पारिएको छ। गृहमन्त्री सुधन गुरुङले मध्यरातसम्म सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गर्दै घटनाको व्यवस्थापन गर्नुभएको छ।








Discussion about this post