छ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। बिहान ७ बजेदेखि नेपाली ट्रक चालकहरू केरुङतर्फ जान थालेका छन्।
ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएपछि नाका खोल्ने निर्णय भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। यसअघि असारमा आएको बाढीले मितेरी पुल बगाउँदा नाका बन्द भएको थियो।
बाढीले सुक्खा बन्दरगाह र रसुवागढी–स्याफ्रुबेँसी सडकमा समेत क्षति पुर्यााएको थियो। नाका खुलेसँगै नेपाल–चीन व्यापार पुनः चलायमान हुने अपेक्षा गरिएको छ।








Discussion about this post