
०५ असोज झापा । झापामा लागुऔषधसहित एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ बर्षका फिरोज आलम रहेका छन । शुक्रबार दिउँसो करिब २:३० बजे झापा गाउँपालिका–४, पेच्कर बस्ती नजिक प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका आलमलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार शंका लागेर चेकजाँच गर्दा आलमको पैन्ट्को दाहिने गोजीमा लुकाइ छिपाइ ल्याइएको लागुऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) फेला परेको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ९ मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषधसहित आलमलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको झापा प्रहरीले जानकारी दिएको छ ।







Discussion about this post