शनिबार माइतीघर मण्डलामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नागरिकहरूले विरोध प्रदर्शन गरेका छन्।
राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले मूल्य वृद्धिले आम नागरिकको दैनिक जीवन कष्टकर बनेको बताउँदै तत्काल मूल्य समायोजन गरी राहत दिन सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले मूल्य वृद्धि घटाउन र जनतालाई सहजता पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।








Discussion about this post