भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा मा पर्सा जिल्लाबाट १० हजार ७०३ जना विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ पर्सा ले जिल्लामा परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको छ। जिल्लाका १५३ विद्यालय (७० सामुदायिक र ८३ संस्थागत) का विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि जिल्लाभर २७ वटा परीक्षा केन्द्र तोकिएका छन्।
इकाइ प्रमुख मोतीप्रसाद भट्टराई का अनुसार परीक्षा व्यवस्थापनका लागि १ हजार ३०४ जना जनशक्ति परिचालन गरिनेछ। ग्रामीण क्षेत्रमा १४ र सहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको तथा प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमार्फत सुरक्षित रूपमा परीक्षा केन्द्रमा पु¥याइसकिएको जनाइएको छ।








Discussion about this post