प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सम्पूर्ण १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष मत परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा १२५ सिट जितेर एकल बहुमत हासिल गरेको छ। समानुपातिक मत अहिले पनि गणना भइरहेको छ, हालसम्म रास्वपाले ५०३६८१० मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकमा १७०६७२६ मत प्राप्त भएको छ। नेकपा एमालेले प्रत्यक्ष ९ सिट जितेको छ, समानुपातिक मत १४२३५६२ पुगेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ, समानुपातिकमा ७७५६०६ मत प्राप्त भएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्ष ३ सिट जितेको छ भने समानुपातिकमा ३६४९८४ मत आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ, समानुपातिकमा ३२६४४१ मत प्राप्त भएको छ। एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।
समानुपातिक मत गणना जारी रहँदा, रास्वपाको बहुमतलाई आधार बनाएर नयाँ सरकार गठन प्रक्रिया सुरु हुने देखिएको छ।








Discussion about this post