सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। बीबीसीले जानकारी दिएको छ।
इजरायलले हिजबुल्लाहले हतियार तस्करी गरेको आरोप लगाउँदै चारवटा नाकामा लक्षित हवाई आक्रमण गरेको जनाएको छ।
लेबनानले भने इजरायलको आक्रमणलाई युद्धविराम सम्झौता र सार्वभौमिकताको उल्लङ्घन भएको ठहर गरेको छ। सन् २०२४ मा इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीच भएको युद्धविरामको पालनामा समस्या देखिँदै आएको छ।
युद्धविरामको बाबजुद सीमामा हिंसा जारी रहँदा अहिलेसम्म लेबनानमा करिब ३५० जनाले ज्यान गुमाइसकेका छन्।








Discussion about this post