मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिनुभएको छ। ६ जना नयाँ मन्त्री थपिएसँगै प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ।
सरकार गठन भएको करिब एक महिनापछि गरिएको यस विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई शपथ ग्रहण गराउनुभएको हो।
नयाँ मन्त्रीहरूमा मनिष सुमन (श्रम तथा यातायात), राजकुमार गुप्ता (भौतिक पूर्वाधार विकास), शंकरप्रसाद चौधरी (वन तथा वातावरण), श्यामप्रसाद पटेल (भूमि व्यवस्था, कृषि तथा सहकारी), वसन्त कुशवाहा (खेलकुद तथा समाज कल्याण) र फकिरा महतो (गृह, सञ्चार तथा कानुन) रहेका छन्।








Discussion about this post