आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारतबाट स्वदेश फर्कँदै राष्ट्रिय एकता र मेलमिलापको नीति अघि सारेको स्मरणमा प्रत्येक वर्ष पुस १६ गते यो दिवस मनाउने गरिन्छ।
२०३३ साल पुस १६ गते बीपी कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसका नेताहरू लामो निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए। भारत निर्वासनका क्रममा क्षेत्रीय राजनीतिक परिवर्तनहरू नजिकबाट देखेपछि कोइरालाले राष्ट्रियता जोगाउन मेलमिलापको नीतिलाई जोड दिनुभएको थियो।
नेपाल फर्किएलगत्तै कोइरालासहित नेताहरू पुनः पक्राउ परेर सुन्दरीजल बन्दीगृहमा राखिएका थिए। सोही बन्दीगृहमा रहँदा उहाँले ‘श्वेतभैरवी’, ‘सुम्निमा’, ‘तीन घुम्ती’लगायत साहित्यिक कृति र आत्मकथात्मक रचना लेख्नुभएको थियो।
मेलमिलाप दिवसका अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। बीपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्ने जनाएको छ।








Discussion about this post