यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनमा कार्यरत कार्यालय सहायक इन्द्रजीत गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग घूस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । गुरुङलाई गत जेठ ३० गते अख्तियारको टोलीले कार्यकक्षबाटै एक लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो । उनी जाँचपास, परमिट र नवीकरण शाखामा कार्यरत थिए ।
अनुसन्धानका क्रममा गुरुङले ब्लू बूक नवीकरण र परमिटको काम मिलाइदिने भन्दै १ लाख ६१ हजार रुपैयाँ घूस मागेको खुलेको छ । रकम लुकाउन उनले बाहिरी व्यक्तिको ई–सेवा खातामार्फत पैसा संकलन गरी पछि आफ्नो बैंक खातामा सार्ने गरेको पाइएको अख्तियारले जनाएको छ ।
गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसूर ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।








Discussion about this post