मधेश प्रदेशमा सूचना हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनलाई मजबुत बनाउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । मिडिया काउन्सिल, मधेश प्रदेशको संयोजनमा आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरमा कार्यक्रम आयोजना गरिएको थियो।
छलफलमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, सूचना अधिकारी, प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, प्रदेश प्रमुख सचिव रामकुमार महतो र राष्ट्रिय सूचना आयोगका सचिव दीर्घराज मैनाली सहभागी थिए ।
कार्यक्रममा विद्यमान कानुनी व्यवस्था, कार्यान्वयनमा देखिएका चुनौती र सूचना प्रवाहलाई पारदर्शी, प्रभावकारी तथा नागरिकमैत्री बनाउने उपायमा विचार–विमर्श गरिएको थियो । सहभागीहरूले सरकारी निकायले समयमै र सही सूचना उपलब्ध गराउन थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।
मिडिया काउन्सिलका प्रमुख सुरेश यादवले प्रदेशस्तरमा सूचना हकसम्बन्धी अधिकारको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन छलफल आयोजना गरिएको जानकारी दिए ।








Discussion about this post