पर्सा जिल्लामा पछिल्लो केही दिनयता चिसो बढेपछि वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँ–मैनपुर र छिपहरमाई गाउँपालिकाले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेका छन्।
वीरगन्ज महानगरपालिकाले सोमबारदेखि बुधबार (पुस ७–९) सम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरेको छ। शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार, पुस १० गते क्रिसमस सार्वजनिक बिदा र पुस ११ गते वर्षे बिदा कट्टा भएपछि पठनपाठन पुस १३ गते आइतबारदेखि मात्र सुरु हुनेछ ।
पकहाँ–मैनपुर गाउँपालिकाले पुस ८–९, पोखरिया नगरपालिकाले पुस ८–११ र छिपहरमाई गाउँपालिकाले पुस ८–९ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ। चिसो र हुस्सुको असर बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्याला मजदुरी गर्नेमा बढी परेको बताइएको छ ।








Discussion about this post