• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Wednesday, July 29, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ जेष्ठ १ गते शुक्रबार
A A
जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप
7
SHARES
52
VIEWS

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्सा मा कार्यरत प्रशासन अधिकृत बिनय कुमार गुप्ता माथि संचारकर्मीमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ। सरकारी कार्यालयभित्रै भएको भनिएको उक्त घटनाले अहिले पत्रकारिता क्षेत्र, सेवाग्राही तथा सर्वसाधारणबीच व्यापक चर्चा र आक्रोश उत्पन्न गरेको छ।

प्राप्त जानकारी अनुसार जनताको समस्या, गुनासो तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन एक संचारकर्मी जिल्ला प्रशासन कार्यालय पुगेका थिए। सोही क्रममा प्रशासन अधिकृत गुप्ताले ती संचारकर्मीमाथि आक्रामक व्यवहार गर्दै घाँटी समातेर कार्यालय बाहिर निकालेको आरोप लगाइएको छ। प्रत्यक्षदर्शीका अनुसार कार्यालय परिसरमै भएको उक्त घटनाले केही समय तनावपूर्ण अवस्था समेत सिर्जना गरेको थियो।

घटनापछि अन्य पत्रकार तथा संचारकर्मीहरूले घटनाबारे बुझ्न र प्रशासन अधिकृतसँग प्रतिक्रिया लिन खोजेका थिए। तर, आरोपित अधिकृतले कुनै स्पष्ट जवाफ नदिएको तथा पत्रकारहरूसँग समेत असहयोगी व्यवहार गरेको बताइएको छ। यस घटनापछि पत्रकारहरूबीच आक्रोश बढेको छ भने सरकारी कर्मचारीको जिम्मेवार आचरणमाथि गम्भीर प्रश्न उठेको छ।

स्थानीय सेवाग्राहीहरूले पनि प्रशासन अधिकृत गुप्ताको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार उक्त अधिकृतको व्यवहार यसअघि देखि नै सेवाग्राहीहरूप्रति कठोर, अभद्र तथा दबाबमूलक रहँदै आएको छ। सामान्य कामका लागि कार्यालय पुग्ने नागरिकहरू समेत पटक-पटक अपमानजनक व्यवहार भोग्न बाध्य भएको गुनासो सेवाग्राहीहरूको छ।

सरकारी कार्यालय जनताको सेवा गर्ने थलो भए पनि पर्सा जिल्ला प्रशासन कार्यालयमा भने कर्मचारीकै व्यवहारका कारण सेवाग्राहीहरू त्रसित बन्नुपर्ने अवस्था रहेको स्थानीयको आरोप छ। पत्रकारमाथि कार्यालयभित्रै भएको भनिएको दुर्व्यवहारले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि नै चुनौती खडा गरेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना सुरु भएको छ।

यस घटनाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ। साथै सरकारी पदमा बसेका व्यक्तिले जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणसँग मर्यादित व्यवहार गर्नुपर्ने आवाज समेत बलियो बन्दै गएको छ।

सम्बन्धित समाचार

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग
स्थानिय

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित
स्थानिय

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने
स्थानिय

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In