चिसोको प्रभाव बढेपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको जाडो बिदा घोषणा गरेको छ ।
महानगरपालिकाले दिएको जानकारीअनुसार आज सोमबारदेखि पुस ७ गतेदेखि पुस ९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द रहनेछन् ।
तराई–मधेस क्षेत्रमा पछिल्लो एक सातादेखि चिसो तीव्र बन्दै जाँदा जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन् ।








Discussion about this post