राजनीतिक माहोल तातिएको अहिलेको अवस्थामा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज आफ्नै पार्टी कार्यालयको कार्यक्रममा सहभागी हुन प्रहरीको कडा सुरक्षाबीच पुगेका छन्।
कार्यक्रमको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा ओलीलाई कार्यालय पुर्याइएको थियो। कार्यक्रममा उनले पार्टीका शीर्ष नेताहरूसँग रणनीतिक छलफल गरेका थिए भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि मन्तव्य दिएका थिए।
अहिलेको राजनीतिक परिवेशमा नेताहरू आफैं पनि आफ्नो सुरक्षा प्रति गम्भीर देखिन थालेका छन्। एक समय राज्यसत्ता चलाउने नेताहरू आफ्नै कार्यक्रमका लागि प्रहरीको घेरामा जानुपर्ने अवस्था आउनु आफैंमा विचारणीय विषय बनेको छ।
कार्यक्रम सकिएपछि ओली पुन: प्रहरीकै सुरक्षामा बालकोटस्थित निवास फर्किए।
यसले मुलुकको राजनीतिमा बढ्दो अविश्वास, अस्थिरता र असुरक्षाको भावलाई झल्काएको छ। यस्ता दृश्यहरूले आमजनमानसमा चिन्ता र असन्तोषको भाव पैदा गरिरहेको छ।








Discussion about this post