• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

पर्साका ९ पालिकामा खाता सञ्चालनमा ढिलाइ, दशैंमा कर्मचारी तलबभत्ताबाट वञ्चित हुने जोखिम

ranjityadav by ranjityadav
२०८२ आश्विन ३ गते शुक्रबार
A A
पर्साका ९ पालिकामा खाता सञ्चालनमा ढिलाइ, दशैंमा कर्मचारी तलबभत्ताबाट वञ्चित हुने जोखिम
1
SHARES
10
VIEWS

३ असोज,वीरगञ्ज । पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये ९ वटा पालिकाका कर्मचारीहरू यो वर्षको दशैंमा तलबभत्तालगायत अन्य सेवासुविधाबाट वञ्चित हुने जोखिममा परेका छन्।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्सा का अनुसार अहिलेसम्म पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, विन्दवासिनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिका मात्र आ–आफ्ना बजेट सूत्रमा प्रविष्ट गरेर खाता सञ्चालनमा ल्याएका छन्। बाँकी ९ पालिकाले परिषद् सम्पन्न गरे पनि खाता सञ्चालनमा चासो नदिँदा कर्मचारीहरू तलबबिनै दशैं मनाउन बाध्य हुने अवस्था सिर्जना भएको हो।

दशैंजस्तो प्रमुख चाडपर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, ठोरी, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर, जिराभवानी र जगरनाथपुर गाउँपालिका का कर्मचारीहरू तनावमा छन्।

धोबिनी र पकहामैनपुर गाउँपालिकामा अझैसम्म चालू आर्थिक वर्षको बजेटसमेत पारित भएको छैन। धोबिनीमा आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। कार्यपालिका सदस्य दिनानाथ कलवारले बताएअनुसार, “अघिल्लो आर्थिक वर्षको हिसाब क्लियर नभएको र पूर्व प्रमुख प्रशासकीय अधिकृतमाथि बजेट हिनामिनाको आरोप लागेकाले चालू वर्षको बजेट सार्वजनिकमा ढिलाइ भएको हो।“

हाल धोबिनीमा नियुक्त भएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडाले छिट्टै बजेट सार्वजनिक गरेर सेवा सुचारु गर्ने तयारीमा रहेको जानकारी दिए। धोबिनी–४ का वडाध्यक्ष अब्बास मियाँ चुडिहारले भने, “कर्मचारी आन्दोलनमा जानुपर्ने अवस्था नआओस् भनेर १–२ दिनमै सहमति जुटाएर बजेट पारित गर्ने प्रयास भइरहेको छ।”

केही पालिकाहरूमा बजेट पारित भए पनि प्रमुख प्रशासकीय अधिकृतहरू मन्त्रालयमा सरुवाको माग गर्दै निवेदन दर्ता गराई बसेका कारण खाता सञ्चालनमा ढिलाइ भएको बताइएको छ। जेन–जी आन्दोलनपछि प्रशासनिक सरुवा–बदल प्रक्रियामा अन्योल उत्पन्न भएकाले पालिकाहरू अझै सञ्चालनमा आउन सकेका छैनन्।

वीरगञ्ज महानगरमा बजेट संशोधनको प्रक्रिया

वीरगञ्ज महानगरपालिकामा जेन–जी आन्दोलनको क्रममा कार्यालयहरूमा तोडफोड र आगजनी भएका कारण क्षतिको पुनर्निर्माणका लागि बजेट संशोधन आवश्यक रहेको महानगरका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार, “संशोधित बजेटमार्फत खाता सञ्चालन चाँडै हुनेछ र महानगरका कर्मचारीहरूले दशैंअघि नै तलबभत्ता पाउनेछन्।“

दशैंजस्तो ठूला पर्वमा पालिकाले प्रशासनिक तयारी नगर्दा कर्मचारीहरू आर्थिक समस्यामा पर्न थालेका छन्। अबको केही दिनभित्र खाता सञ्चालन नगरे जिल्लाका सयौं कर्मचारीहरू बिनातलब दशैं मनाउन बाध्य हुनेछन्।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In