
जनकपुरधाम, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा सभापति पदमा उम्मेदवारी घोषणा गरेका बारा क्षेत्र नं. ३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) अन्तिम प्रतिनिधि सूचीबाट हटाइएका छन्।
गुप्ताले सभापति रवि लामिछाने विरुद्ध उम्मेदवारी घोषणा गरेकै कारण आफूलाई महाधिवेशन प्रतिनिधिको मताधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन्। उनका अनुसार प्रारम्भिक सूचीमा नाम रहे पनि अन्तिम सूचीबाट हटाइएको हो।
यता मधेश प्रदेश सभापति मनिष साह ले उम्मेदवारी घोषणा मात्रै कारण नभई पार्टी अनुशासन र निर्वाचन आयोगको निर्णयअनुसार कारबाही भएको बताएका छन्। सहमहामन्त्री गणेश धिमाल ले पनि यो निर्वाचन समितिको अधिकार क्षेत्रभित्रको विषय भएको प्रतिक्रिया दिएका छन्।
गुप्ताले आफ्नो उम्मेदवारीको एकमात्र एजेन्डा बारा जिल्ला पूर्वसभापति चन्दन स्वर्णकार को साधारण सदस्यता फुकुवा गराउनु रहेको बताएका थिए। स्वर्णकारलाई गत जेठ ६ गते पार्टीले अनुशासनको आधारमा निष्कासन गरेको थियो, जसको विरोध गर्दै गुप्ताले उम्मेदवारी घोषणा गरेका थिए।








Discussion about this post