राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जना सांसदलाई मन्त्री पदमा सिफारिस गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको पार्टी बैठकले मधेश प्रदेशबाट निर्वाचित दुई सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो।
निर्णयअनुसार सप्तरीका सांसद रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइनेछ भने महोत्तरीकी सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइनेछ।
पार्टीले सरकारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने रणनीतिअन्तर्गत यो निर्णय गरिएको जनाएको छ। यसलाई रास्वपाभित्र महत्वपूर्ण राजनीतिक कदमका रूपमा लिइएको छ।
यसअघि सोही मन्त्रालय सम्हाल्दै आएका दीपक साह श्रीमतीको नियुक्तिसम्बन्धी विवादपछि पदमुक्त भएका थिए। उनको स्थानमा अब रामजी यादवलाई जिम्मेवारी दिने तयारी भएको हो।








Discussion about this post