प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिशअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ।
पार्टीले साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै यसको आलोचना गर्दै अनुशासन आयोगमार्फत सभापति लामिछानेसमक्ष कारबाही सिफारिश गरेको थियो।
यस घटनालाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा असर पुर्याउने ठहर गर्दै प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गर्न आदेश दिनुभएको हो।
त्यसैगरी, गम्भीर जिम्मेवारीमा सावधानी नदेखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि प्रधानमन्त्री शाहले सचेत गराउनुभएको छ।








Discussion about this post