
वीरगञ्ज, असार २०। पर्साको बहुदरमाई नगरपालिका–३ मा पद्मौल प्रिमियर लिग (PPL) अन्डर–१५ क्रिकेट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति प्रदीप जैसवालको सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन जैसवालले गरेका हुन्।

आयोजक विशाल कुमार यादवका अनुसार प्रतियोगिता १५ वर्षमुनिका खेलाडीबीच १६ ओभरको ढाँचामा सञ्चालन भइरहेको छ। प्रत्येक टोलीले बाहिरका दुई जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ भने अम्पायरको निर्णय अन्तिम हुने र अम्पायरसँग विवाद गर्ने टोलीलाई प्रतियोगिताबाट बाहिर गरिने नियम रहेको छ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीका लागि रु. २ हजार प्रवेश शुल्क तोकिएको छ। विजेता टोलीलाई कप, नगद रु. २ हजार, मेडल र ब्याट प्रदान गरिनेछ भने उपविजेता टोलीले कप र मेडल प्राप्त गर्नेछ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यानलाई कप तथा उत्कृष्ट बलरलाई एक डिब्बा क्रिकेट बल पुरस्कारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ। स्थानीय बाल खेलाडीको प्रतिभा उजागर गर्दै क्रिकेटप्रति आकर्षण बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको विश्वास छ।








Discussion about this post