मधेश प्रदेशमा विद्यालय र समुदायस्तरमै जंक फूड प्रयोग र बिक्रीमा प्रतिबन्ध लगाउन सुझाव दिइएको छ।
बालअधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले प्रदेश सरकारलाई सुझावपत्र बुझाउँदै बालबालिकाको स्वास्थ्य र समग्र विकासमा जंक फूडले नकारात्मक असर पारिरहेको उल्लेख गरेका छन्।
उनीहरूले आगामी नीति तथा कार्यक्रम र बजेटमा बालमैत्री योजना समेट्दै जंक फूड नियन्त्रणका लागि स्पष्ट नीति ल्याउन आग्रह गरेका छन्।
प्रदेश सरकारले भने प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने तयारी गर्ने जनाएको छ ।
सरोकारवालाहरूका अनुसार जंक फूडको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर परिरहेको भन्दै समयमै कडाइ आवश्यक देखिएको छ।








Discussion about this post