त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ। आर्मी अपराजित रहँदै च्याम्पियन बनेको हो।
वीरगञ्जमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। इमरान शेखले नटआउट ४६ र बसिर अहमदले ४५ रन जोडे।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३९ ओभर ४ बलमा १६१ रनमै समेटियो। अशोक धामीले ४३ रन बनाए भने आकाश चन्द र शाहब आलमले ३–३ विकेट लिए।
यो जितसँगै आर्मीले प्रतियोगिताको तेस्रो उपाधि हात पारेको छ। १० टोली सहभागी प्रतियोगिताबाट आर्मी, सुदूरपश्चिम, एपीएफ, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब जय ट्रफीका लागि छनोट भएका छन्।








Discussion about this post