जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
अब नागरिकता प्रदान गर्ने प्रक्रियासँगै राष्ट्रिय परिचयपत्रको विवरण पनि एकैपटक संकलन गरिने व्यवस्था मिलाइएको छ। यससँगै सेवाग्राहीले दुवै सेवा करिब एक घण्टाभित्र प्राप्त गर्न थालेका छन्।
नयाँ व्यवस्थापछि नागरिकता र परिचयपत्रका लागि छुट्टाछुट्टै पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीहरूको प्रतिक्रिया छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार डिजिटल सेवा विस्तार र सरकारी सेवा प्रवाहलाई सहज बनाउन यो व्यवस्था लागू गरिएको हो। यसले पहिचान प्रमाणीकरण र अभिलेख व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रशासनले यो पहलले सेवा अझ छरितो, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।








Discussion about this post