वीरगंज, २९ चैत –
वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरेकी छन्।
रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ताले आज बिहान करिब ९ बजे कोठाभित्र पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी तथा टिकटकमार्फत चिनिएकी थिइन्।
प्रारम्भिक जानकारीअनुसार उनले आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह गरेकी थिइन्। पछिल्लो समय दुवैबीच वैवाहिक सम्बन्धमा तनाव रहेको र त्यसकै कारण उनी मानसिक दबाबमा रहेको बताइएको छ।
आत्महत्या गर्नु अघि उनले आफ्नो टिकटकमार्फत भावनात्मक अवस्था झल्किने भिडियोसमेत पोस्ट गरेको खुलेको छ।
करिब सात वर्षअघि भएको विवाहपछि पछिल्लो समय सम्बन्धमा समस्या देखिँदै आएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।








Discussion about this post