पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हिरासतबाट मुक्त गरेको छ।
अदालतको आदेशअनुसार थपिएको पाँच दिनको म्याद समाप्त भएपछि दुवै जनालाई हाजिरी जमानतमा रिहा गरिएको हो। उपचाररत रहेका ओलीलाई शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले म्याद थप गर्न नपाइने भन्दै रिहा गर्न आदेश दिएको थियो। सोही आधारमा म्याद सकिएलगत्तै उनीहरूलाई रिहा गरिएको हो।
गत १४ चैतमा पक्राउ परेका ओली र लेखकमाथि जाँचबुझ आयोगले लापरबाहीपूर्ण गतिविधिका कारण मानवीय क्षति भएको ठहर गर्दै फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।








Discussion about this post