पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित बडनिहार बिरुवागुठीमा रहेको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सागढी–३ का ५७ वर्षीय वीरेन्द्र साह, वडा नम्बर ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, पर्सागढी–३ की होटल धनी दिलमाया तामाङ, वडा नम्बर ३ का शीशीर तामाङ र वीरगंज–३ का २७ वर्षीय अरबिन्द गौरो रहेका छन्। उनीहरूको साथबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पक्राउ परेकाहरूको विरुद्ध सार्वजनिक शान्ति भंग गरेको र जुवा खेलाउने कार्यअन्तर्गत आवश्यक कानूनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।








Discussion about this post