प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनपछिको पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटघाट गर्नुभएको छ।
सिंहदरबारमा दिउँसो आयोजित उक्त भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए। परराष्ट्र मन्त्रालयले भेटघाटको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई नेपालको राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे जानकारी गराउनु रहेको जनाएको छ।
छलफलमा उपस्थित राजदूतहरूले सरकारको नीति तथा कार्यदिशा बुझ्न चासो देखाए। प्रधानमन्त्री शाहले सुशासन, आर्थिक प्रगतिसहित वैदेशिक सम्बन्ध सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्याए ।








Discussion about this post