वीरगन्ज १५ बस्ने मिथुन सर्राफमाथि आक्रमण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य पाँच जना आरोपी फरार रहेको पिडित सर्राफले बताए । पक्राउ पर्नेमा साहिल सर्राफ रहेका पिडित सर्राफले बताए ।
गत कार्तिक १ गते सर्राफले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए तर अनुसन्धान सुस्त भयो भन्दै उनि उच्च अदालतको अस्थायी इजलास वीरगंजमा अनुसन्धानको लागी परमादेश गर्दै रित दिएका थिए ।
अदालतले गत माघ १२ गते आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्न परमादेश दिएको थियो । अर्का पाँच जना आरोपी फरार रहेको सञ्चारकर्मी सर्राफले बताए ।








Discussion about this post