
रोल्पा नगरपालिका–२ रेउघामा सोमबार राति करिब ११:३० बजे ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ। ४५ वर्षीया लाल कुमारी पुनको घरको छतमा रहेको भान्सा कोठामा विस्फोटपछि आगो लागेको हो।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। घटनामा मानवीय क्षति नभए पनि भान्साका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








Discussion about this post