कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा गत चैत ७ गते भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका भुटहनियाका २२ वर्षीय जितेन्द्र यादव सोमबार बिहान उपचारकै क्रममा निधन भएका छन्।
यादव पेटमा गोली लागेर चितवन मेडिकल कलेजमा उपचाररत थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको मृत्यु भएको पुष्टि गरेको छ।
महाराजगन्जको वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि भड्केको भीड नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मी र स्थानीय युवाबीच भएको संघर्षमा गोली चल्दा यादव घाइते भएका थिए।








Discussion about this post