सरकारले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यो समय केवल शैक्षिक संस्थाबाहेकका कार्यालयमा लागू हुनेछ। सो निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा अनुमोदित भएको हो।
त्यस्तै, पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्याका कारण सरकारले भोलि २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।








Discussion about this post