वीरगंज, २२ चैत –
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हेडक्वाटर वीरगंजको टोलीले भन्सार छली ल्याईएको ल्याइएका केरा नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका डिएसपी बिकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले ओमफ्रुट सेन्टर अगाडि चेकजाँच गर्दा प्रदेश ०३-०१-००६ ख ०८३० नम्बरको टाटा ट्रकमा लोड गरिएको १८२ क्रेट काँचो केरा नियन्त्रणमा लिइएको छ । आवश्यक कागजातहरू नहुँदा केरासहित ट्रक नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले ट्रक र केराको भन्सार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको बताए।








Discussion about this post