जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमा उत्तेजक गतिविधि, आपसी सद्भाव बिगार्ने तथा कुनै धर्म वा समुदायलाई लक्षित गरी अफवाह फैलाउने, विरोधका अभिव्यक्ति लेख्ने वा शेयर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीले एक सूचना जारी गर्दै सामाजिक सद्भाव खल्बलिने किसिमका सामग्री सामाजिक सञ्जालमा पोष्ट वा शेयर नगर्न अनुरोध गरेको हो। यस्ता गतिविधिले समाजमा द्वन्द्व र असहज अवस्था सिर्जना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।
प्रहरीका अनुसार यदि कसैले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, द्वेष फैलाउने वा आपसी सद्भाव बिगार्ने गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।








Discussion about this post