संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नयाँ सरकारले देशको आर्थिक रुपान्तरणलाई पहिलो प्राथमिकता बनाएर काम अघि बढाएको बताएका छन्। पर्सा र बाराका उद्योगी व्यवसायीसँग शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्र सुधार, राजस्व प्रणाली सुधार र निजी क्षेत्र मैत्री नीति लागू गर्ने सरकारको योजना रहेको बताए।
अर्थमन्त्री वाग्लेले सरकारले केही निकाय खारेज गरेर आर्थिक सुधारको काम सुरु गरिसकेको र उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनपछि अर्थतन्त्रमा देखिएका धेरै बेथिती अन्त्य हुने अपेक्षा गरिएको बताए। उनले सरकारको नीति र नियत दुवै स्पष्ट रहेको उल्लेख गर्दै आर्थिक सुधारको प्रक्रिया अघि बढिसकेको बताए।
उनका अनुसार आगामी बजेट आर्थिक रुपान्तरण र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याइनेछ। करको बोझ घटाउने, प्रक्रियागत झन्झट हटाउने, सुशासन कायम गर्ने, मध्यम वर्गको जीवनस्तर सुधार गर्ने र रोजगारी सिर्जना गर्ने सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ का अध्यक्ष हरि गौतम ले उद्योगी व्यवसायीका समस्या समाधान, औद्योगिक क्षेत्र स्थापना, कर प्रणाली सुधार र सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका थिए। कार्यक्रममा राजस्व सचिव, सांसद तथा उद्योग








Discussion about this post