मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठक आह्वान गरिएको जानकारी दिएका छन्।
बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो। यसअघि शुक्रबार बसेको पहिलो बैठकले नवयुवा आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यस बैठकले शासकीय सुधारसँग सम्बन्धित १०० कार्यसूची पनि स्वीकृत गरेको थियो, जसको विस्तृत विवरण शनिबार सार्वजनिक गरिएको थियो।
आज बस्ने बैठकमा स्वीकृत कार्यसूची कार्यान्वयनको मोडालिटी, प्रशासनिक सुधारका कार्यक्रम, देशको सुरक्षा अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित हुने बताइएको छ।








Discussion about this post