पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि लेखक पक्राउ परेका हुन्। मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय गरेसँगै सुरक्षा निकाय सक्रिय बनेका थिए।
गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेपछि कानुनी प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी गरिएको हो।
यसै प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। आयोगले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत लापरबाही र हेलचेक्र्याइँबाट ज्यान गएको कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।








Discussion about this post