पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आवश्यक कानुनी प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालय टेकु स्रोतका अनुसार पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया पूरा भइसकेको र सुरक्षा निकाय परिचालन गरिएको छ।
दुवै नेताको निवास क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सो प्रतिवेदनका आधारमा मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सरकारको निर्णय, कानुनी परामर्श र सुरक्षा निकायबीचको छलफलपछि पक्राउ प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।








Discussion about this post