हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार आयोजित प्रशासन–विद्यार्थी बैठकपछि विवाद समाधानतर्फ उन्मुख भएको छ। बैठकले स्थगित कक्षा १२ को त्रैमासिक परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ।
क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र विद्यार्थीबीच सहमति बनेको जनाइएको छ। आन्दोलनका क्रममा घाइते विद्यार्थीहरूको उपचार सुनिश्चित गर्ने र अन्य मागका लागि पुनः बैठक बस्ने निर्णय पनि भएको छ।
अघिल्लो चरणमा परीक्षा अचानक स्थगित भएपछि विद्यार्थीहरूले प्रदर्शन, चक्काजाम र विरोध कार्यक्रम सञ्चालन गरेका थिए। प्रशासनसँगको छलफलपछि अब क्याम्पसको शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।








Discussion about this post