राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १३ चैतदेखि नयाँ सरकारको जिम्मेवारी सम्हाल्ने भएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हात पारेको थियो। निर्वाचनअघि नै बालेन्द्र शाह लाई पार्टीको प्रधानमन्त्री उम्मेदवार घोषणा गरिएको थियो।
संसद् सचिवालयले चैत १२ गते सबै सांसदहरूको शपथ कार्यक्रम तय गरेको छ। शपथ ग्रहणपछि रास्वपाको केन्द्रीय समिति बैठक बसेर संसदीय दलको नेता चयन गर्नेछ र त्यसपछि बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।








Discussion about this post