फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित १६५ प्रत्यक्ष र १२५ समानुपातिक सांसदले चैत १२ गते शपथ ग्रहण गर्ने भएका छन्। संसद् सचिवालयले यसका लागि तयारी सुरू गरेको छ।
निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश गरेपछि सांसदहरूको नामावली सचिवालयमा उपलब्ध हुनेछ। त्यसपछि सबै सांसदलाई शपथ समारोहमा उपस्थित हुने ७ दिने सूचना पठाइनेछ र राष्ट्रपतिको समय अनुरोध गरिनेछ।
कानुनअनुसार सबैभन्दा ज्येष्ठ सदस्यलाई पहिलो शपथ दिने प्रावधानअनुसार यसपटक नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले प्रारम्भिक शपथ ग्रहण गर्नेछन्। यसक्रममा उनी सभामुखको जिम्मेवारीसमेत सम्हाल्नेछन्।
शपथपछि राजनीतिक दलहरूले संसदीय दलको नेतृत्व चयन गर्नेछन् र नयाँ सरकार गठन प्रक्रिया अघि बढाइनेछ। संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठक चैत १५ गते बोलाउने योजना बनाएको छ।








Discussion about this post