वीरगंज , २९ फागुन –
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सिट बाँडफाँट गर्दै औपचारिक नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ दलले मात्रै समानुपातिक सिट पाएका छन्।
बाँडफाँटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट पाएका छन्।
समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ। आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदको नामावली पेश गर्न निर्देशन दिएको छ।
सिट बाँडफाँटपछि प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद रहने छन् भने एक जना स्वतन्त्र सांसद पनि रहने छन्।








Discussion about this post