
भाद्र २३/२४ को जेन–जि आन्दोलनका क्रममा गोली लागेर एक खुट्टा गुमाएका जेन–जि अभियन्ता राजेश प्रोतेल ले बाँसुरी चुनाव चिन्हमा भोट माग्दै सर्बेन्द्र खनाल लाई खुलेर समर्थन जनाएका छन्।

बारा जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका खनाललाई समर्थन गर्दै प्रोतेलले देशलाई इमानदार, अनुभवी र व्यवहारिक नेतृत्व आवश्यक रहेको बताएका छन्।
यस समर्थनपछि बारा–४ को राजनीतिक माहोल थप तरंगित बनेको छ भने खनालले गाउँ–टोलमा जनभेटघाटलाई तीव्र बनाएका छन्।

युवाहरू, किसान र स्थानीयवासीसँग संवाद गर्दै उनले सुशासन, सुरक्षा, रोजगारी र विकासलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
जेन–जि अभियन्ताको समर्थनले विशेषगरी युवामाझ खनालप्रति विश्वास र आकर्षण बढेको विश्लेषण गरिएको छ।
#बलिदानको_सम्मान #GenZVoice #बाँसुरीमा_भोट #Bara4 #नयाँ_नेपाल








Discussion about this post